सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

फेसबुकमा चिनजान भएकी युवतीको बला*त्कार

फेसबुकमा साथी बनाई भेट्न बोलाएर मोरङको उर्लाबारी नगरपालिका–१ मेचेडाँडामा एक दलित युवतीमाथि बला*त्कार भएको छ । फेसबुकमा साथी बनाएको आधारमा चिनजान गर्दै केही समयदेखि संगत बढाएका २१ वर्षीय संगम राईले बला*त्कार गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताएका छन् ।

‘फेसबुकमा साथी रहेका दुवै जनाबीच सामान्य कुराकानी पनि हुँदो रहेछ,’ उनले भने, ‘फेसबुकमार्फत नै मोबाइल नम्बर समेत आदानप्रदान गरेको पाइयो ।’ मोबाइल नम्बरकै आधारमा पिछा गर्दै गएका राईले खेतिको काम गरेर घर फर्कदै गरेको अवस्थामा २१ वर्षीय युवतीमाथि बला*त्कार गरेको श्रेष्ठले बताएका छन् ।

प्रहरीका अनुसार इलामको चुलाचुली–६ घर भएका राई मोरङको उर्लाबारीमै आफन्तको घरमा बस्दै आएका थिए । युवतीमाथि शुक्रबार राति ९ बजे बला*त्कार भएको श्रेष्ठले बताएका छन् । उनका अनुसार बला*त्कार गरेर घाइते बनाएर छाडेको अवस्थामा युवतीलाई इलाका प्रहरी कार्यालय उर्लाबारीबाट इन्सपेक्टर रामप्रसाद तिमल्सिनाको नेतृत्वमा खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाले उद्धार गरेका थिए ।

girl

टाउको र शरीरका विभिन्न भागमा चोट रहेको अवस्थामा उद्धार गरिएकी युवतीको उर्लाबारीमै उपचार भइरहेको छ । घटनास्थलको प्रकृति हेर्दा ठूलै संघर्ष र प्रतिवाद गरेको देखिन्छ,’ एक प्रहरीले भने, ‘ललाईफकाई विभिन्न प्रलोभनमा पारेर राति एक्लै भएको मौका छोप्दै एकान्त ठाउँको झाडीमा लगेर बला*त्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्यो ।’

बल प्रयोग गरेर बला*त्कार गरिरहेको स्थानीय बासिन्दाले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । एक युवाले युवतीमाथि बलपूर्वक रुपमा जबर*जस्ती गरिरहेको र युवतीले सकिनसकी प्रति*वाद गरिरहेको देखेर प्रहरीलाई खबर गर्दै आफूहरु पनि उद्धारमा खटिएको एक स्थानीयले बताएका छन् ।

घटनास्थलबाट फरार रहेका राईलाई पक्राउ गरेर आइतबार जब*रजस्ती क*रणी ऐनअन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट दुवैजनाले प्रयोग गर्ने मोबाइल, चप्पल र केही कपडा बरामद गरेको छ । डीएसपी श्रेष्ठका अनुसार बला*त्कारबाट पीडित भएकी युवती मानसिक रुपमा विक्षि*प्त भएकी छिन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्