भोजपुर भिडन्तबारे आयो विप्लवको विज्ञप्ती
भोजपुरमा एक जना प्रहरी र एक जना विप्लव कार्यकर्ताको मृ*त्यु हुनेगरी भएको भिडन्तपछि विप्लव समूहले विज्ञप्ति निकालेको छ । विज्ञप्तीमा उक्त घटनालाई जम्काभेट हुँदा भएको भिडन्तका क्रममा प्रतिरोध गर्दा आफ्ना कार्यकर्ताको मृ*त्यु भएको भनिएको छ ।
सगरमाथा ब्युरो इञ्चार्ज अधिकारका नामबाट जारी गरिएको विज्ञप्तिमा प्रहरी सञ्जिव राईसँग जम्काभेट हुँदा प्रतिरोधका क्रममा निरकुमार राई (प्रशान्त)को सहा*दत भएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा ७ जेठमा भोजपुरका आफ्ना पार्टी सदस्य तीर्थराज घिमिरेलाई टेम्के मयुम गाउँपालिका–२, दलसिंगे स्थित बाटो हिँडिरहेका बेला गिरफ्तार गरी चरम यातना दिइ ह*त्या गर्ने मध्येका एक प्रहरी सञ्जिव राई भएको दाबी गरिएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्