सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सेल्फि लिँदा लडेको भाई बचाउँदा दाईको मृ*त्यु

बाढी र डुबानमा परी पर्सा र बारामा आइतबारसम्म ५ जनाको मृ*त्यु भएको छ । वीरगन्जको सिर्सिया नदीमा बाढी हेर्न गएका बेला बाढीले बगाएर शनिबार बिहानदेखि बेपता बालक अनुज पटेल आइतबार बिहान मृ*त अवस्थामा भेटिएका छन् ।

वीरगञ्ज महानगरपालिका १८ भवानीपुर घर भई हाल वडा नम्बर १३ तेजारथ टोलमा बस्दै आएका रामनारायण पटेलका १४ वर्षीय छोरा अनुजको श*व रामगढवास्थित बजरंग सिनेमा हल नजिकैको खेतमा आइतबार बिहान भेटिएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिएका छन् ।

शनिबार बिहानैदेखि बाढीमा बेपत्ता भएका अनुजको सुरक्षाकर्मी र स्थानीयवासीले नदी आसपासका क्षेत्रमा रातभर खोजी गरेका थिए । आइतबार बिहान खेतको हिलोमा लत्पतिएको अवस्थामा बालकको श*व फेला पारेको खोजीमा संलग्न पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले जानकारी दिएका छन् ।

भाइ र साथीहरूसँग बजरंग हलस्थित सडकमा सेल्फी लिने क्रममा अनुजका भाइ रोहीत चिप्लिएर पानीमा खसेका थिए । भाइलाई बचाउने क्रममा अनुजको टोपी बाढीको भेलमा खसेपछि त्यही टोपी टिप्ने क्रममा बाढीको भेलले अनुजलाई बगाएर बेपत्ता बनाएको प्रत्यक्षदर्शी उपेन्द्र पटेलले बताएका छन् ।

यसअघि गत शुक्रबार पनि पर्साकै पर्सागढी नगरपालिका वडा १ बागवना नजिकै रहेको सिङ्याही खोलाको बाढीले बगाएर स्थानीय १२ वर्षीय निखिल पटेलको मृ*त्यु भएको थियो ।

floods in parsa, landslides in Nepal

बारामा पनि अविरल बर्षाका कारण आएको बाढी र डुबानमा परि दुई जना बालक सहित तीन जनाको मृ*त्यु भएको छ । शनिवार साँझ बाराको कलैया उपमहानगरपालिका १३ बलिरामपुरका हजारी साह गोंढका १० वर्षीय छोरा अन्जित साह गोंढको मृ*त्यु भएको हो ।

बाख्रा चराउन खेतमा गएका बेला सडक छेउमा खनिएको खाल्डोमा डुबेर बालक अन्जितको मृ*त्यु भएको बारा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक रन्जित सिंह राठौरले जानकारी दिएका छन् ।

शनिवार नै बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ८ हर्दियामा पनि एक युवकको मृ*त्यु भएको छ । शनिवार अविरल पानी परिरहेका बेला धान रोपाइका लागि खेतको आली खन्दै गरेका बेला अचानक बेहोश भइ लडेका स्थानीय राजदेव पंडितका छोरा सुदामा पण्डितकव मृ*त्यु भएको हो ।

पानीले भिजेर अचानक खेतमा ढलेका सुदामालाई स्थानीयले उपचारका लागि गाउँको क्लिनिकमा र्पुयाएका थिए । थप उपचारका लागि एम्बुलेन्सबाट कलैया ल्याउने क्रममा बाटोमै उनको मृ*त्यु भएको हो ।

सन्तगज देखि बरियारपुर सम्मको सडक वर्षाले हिलाम्मे भएर बिग्रिएका कारण समयमै अस्पतालमा पुर्याउन नसकिएका कारण सुदामाको बाटोमै मृ*त्यु भएको उनका अभिभावकले बताएका छन् ।

यसअघि गत शुक्रबार साँझ बाराकै परवानीपुर गाउँपालिका वडा नम्बर १ रहरीया गाँउका अरविन्दर यादवका साढे चार वर्षीया छोरा विक्की यादवको घर अगाडिकै नालामा डुबेर मृ*त्यु भएको थियो ।

पाँच दिनदेखिको अविरल वर्षा पर्सा र बारामा आइतबार बिहानदेखि रोकिएको छ । वर्षा रोकिएर नदी र खोलाहरूमा पानीको सतह घट्दै गएपछि जनजीवन सामान्य हुँदै गएको छ ।

बाराका सहायक प्रमुख जिल्ला अधिकारी मुरारी कार्कीका अनुसार बाढी र डुबानले जिल्लामा ७०० घरपरिवार विस्थापित भएका छन् । उनीहरू नजिकैको विद्यालय, छिमेकीको घर र मस्जिदमा शरण लिएर बसेको सहायक प्रमुख जिल्ला अधिकारी कार्कीले जानकारी दिएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्