सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बाढीपहिरोमा परी मृ*त्यु हुनेको संख्या ६५ पुग्यो

अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी देशभर मृ*त्यु हुनेहरुको संख्या ६५ पुगेको छ । सोमबार बिहान ७ बजेसम्म प्राप्त भएको तथ्यांकअनुसार ६५ जनाको मृ*त्यु भएको नेपाल प्रहरीले जानकारी दिएको हो । मृ*त्यु हुनेहरुमा ४१ जना पुरुष र २४ जना महिला छन् ।

प्रहरीले दिएको जानकारी अनुसार १२ जना पुरुष र १८ जना महिला गरी जम्मा ३० जना वेपत्ता भएका छन् । बाढीपहिरोमा परी ३८ जना घाइते भएका छन् भने १ हजार ४४६ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

nepal india border badh.

अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशभरको जनजीवन प्रभावित भएको छ । सयौं वस्ती डुबानमा परेका छन् । पीडितहरुले राहत नपाएको गुनासो गरेका छन् । सडकहरु भत्किएर यातायात आवागमन पनि प्रभावित भएको छ । १४ जिल्लाका सडकहरुमा क्षति पुगेको प्रहरीको तथ्यांक छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्