सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जंगली निउरोको तरकारी खाँदा दाजुबहिनीको मृ*त्यु

अछामको रामारोशन गाउँपालिकामा जंगली निउरो खाँदा दाजुबहिनीको मृ*त्यु भएको छ । मृ*त्यु हुनेमा रामारोशनको वडा नम्बर ५ तल्लोपाटनका ५ वर्षिया मनिषा बोहरा र ११ वर्षीया रमेश बोहरा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डीएसपी जनक शाहीले जंगली निउरो खाँदा दाजुबहिनीको मृ*त्यु भएको जानकारी दिएका छन् । डिएसपी शाहीका अनुसार मनिषाको घरमै र रमेशको न्याय हेल्थ बयलपाटा अस्पतालमा उपचारको क्रममा आइतबार मृ*त्यु भएको हो ।

Niuro sag

मृतककी ३१ वर्षीया आमा नरपता बोहराका अनुसार शुक्रबार बिहान निउरो खाएपछि बान्ता हुने लगाएतको समस्या देखिएको थियो । अहिले आमाको उपचार भइरहेको र अवस्था गम्भीर रहेको बयलपाटा अस्पतालका डाक्टर विकास गौचनले जानकारी दिएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्