सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

धनगढीमा शक्तिशाली ब*म वि*स्फोट, ५ घाईते

कैलालीको धनगढी उपमहानगरपालिका वडा नं. ३ शहीद गेटमा शक्तिशाली ब*म वि*ष्फोट हुँदा ५ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ ।

घाइते हुनेमा बझाङका राम सिंह, कञ्चनपुरको बेलौरी–५ का लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव र धनगढी–४, बोराडाडीका केशवराज पाण्डे रहेका छन् । बम विस्फोट स्थानीय निलम होटल अगाडि भएको हो ।

घाइतेमध्ये केशवराज पाण्डे सोही होटलका सञ्चालक हुन् । प्रहरीलाई सिलिण्डर वि*ष्फोटको सूचना आएको थियो । तर, शक्तिशाली ब*म वि*स्फोट भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । घटनास्थलमा ९ एमएमको पे*स्तोल समेत भेटिएको प्रहरी महानिरीक्षकको सचिवालयका एसपी रमेश थापाले जानकारी दिएका छन् ।

dhangadhi Blast

अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी उपरीक्षक (एसपी) सुदिप गिरी नेतृत्वको टोली पुगेको छ । गिरीका अनुसार टिफिन बक्समा राखिएको वस्तु पड्किएको प्रारम्भिक छानबिनबाट देखिएको छ ।

घाइतेहरूको स्थानीय मेट्रो अस्पतालमा उपचार भइरहेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले घटनामा विप्लव समूहको संलग्नता देखाएको छ । घाइते मध्ये सिंह र सेरला विप्लव समूहका सदस्य भएको प्रहरीले जनाएको छ ।

उनीहरूले नै बोकेर ल्याएको कन्टेनर वि*ष्फोट भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । एसपी गिरीले भनेका छन्–‘एक्सिडेन्ट्ली घट्ना भएको जस्तो देखिन्छ । विस्तृत अनुसन्धान भइरहेको छ ।’ प्रत्यक्षदर्शीका अनुसार एकजना झोला बोकेर आएको व्यक्ति बस्ने बित्तिकै वि*स्फोट भएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्