सशस्त्र प्रहरी जवान बाघको छालासहित प*क्राउ
शुक्रबार राति नियमित गस्तीमा खटिएको प्रहरी टोलीले दुहुँ–२ हिकिलाबाट खलङ्गा ल्याउँदै गरेको बाघको छालासहित सोही ठाउँका दार्चुलाको दुहुँ गाउँपालिका–३ तिमुरपाटा क्षेत्रबाट एक सशस्त्र प्रहरी जवान दीपकसिंह बडाललाई प*क्राउ गरेको छ । उनी हिकिला–२ का बडाल दार्चुलास्थित सशस्त्र प्रहरी सुरक्षा गुल्म नम्बर ५० मा जवान पदमा कार्यरत छन् ।
![](https://everestwall.com/wp-content/uploads/2019/08/baghako-chhala-1024x683.jpg)
प्रहरी चौकी ब्रह्मदेवले चेकजाँचको क्रममा बडालबाट ३९ इञ्च लामो तथा १० इञ्च चौडा छाला बरामद गरेको प्रहरीले जानकारी दिएको छ । झोलामा लुकाएर ल्याउँदै गरेको अवस्थामा छाला बरामद गरिएको हो ।
उनलाई आवश्यक अनुसन्धानका लागि अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयलाई जिम्मा लगाइने प्रहरीले बताएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्