सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जनताले सुविधा भन्दा बढी दुख पाएः प्रचण्ड

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चौथो सामुदायिक वन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा जनता दोहोरो करको मारमा परेको भन्दै असन्तुष्टि जनाएका छन् ।

उनले अगाडि भने ‘सबैले कर लगाएर जनताको थाप्लोमा करको भारी थुपार्न तीन तहको सरकार स्थापना गरेको होइन । जनताले हिजो जिल्लामा पाएको सेवाका लागि काम प्रदेशमा जाने भनेको होइन । घरदलौमा दिने भनेको हो । तर कयौं ठाउँमा उल्टो भएको छ ।’

गाउँगाउँमा सिंहदरबार भनिएपनि कतिपय ठाउँमा उल्टो भएको तथा जनताले एउटै विषयमा दोहोरो वा तेहरो कर तिनुपर्ने अवस्था आएको उनले बताए ।

तीन तहको सरकारले एउटै विषय कर लगाउँदा संघीय लोकतान्त्रिक गणतन्त्रले जनताको अधिकार स्थापित गर्छ भन्ने विश्वासमाथि प्रश्न उठ्ने भन्दै उनले भने, आफैंलाई विडम्बना लाग्छ । रोपेको एउटा थियो, अर्कै उम्रिन खोजेको छ ।’

सबै सरकारले विधेयकहरु बनाउन क्रममा एकआपसमा बाझिनसक्ने भन्दै नेकपाका अध्यक्ष प्रचण्डले सामुदायिक वनलाई दोहोरो कर लगाउन नदिइने आश्वासन दिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्