सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

आत्मह*त्या प्रकरणमा पक्राउ परे रवि लामिछाने

पत्रकार सालिकराम पुडासैनी आत्मह*त्या प्रकरणमा प्रहरीले न्युज २४ टेलिभिजनका प्रस्तोता रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको छ । उनीहरुलाई न्युज २४ टेलिभिजनको कार्यालयबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता लामिछाने र कँडेललाई पक्राउ गर्नुभन्दा केही घण्टा अघि प्रहरीले कलंकीबाट नर्स अस्मिता कार्कीलाई पनि नियन्त्रणमा लिएको थियो । उनीहरुलाई पत्रकार पुडासैनीलाई आत्मह*त्या गर्न कार्यमा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ उनीहरुलाई पक्राउ गरेको हो । रवि लामिछानेलाई अनुसन्धानका लागि काठमाडौंबाट चितवन लगिँदै छ । चितवन प्रहरीको अनुरोधमा उनलाई पक्राउ गरिएको काठमाण्डौ प्रहरी परिसरले जनाएको छ ।

साउन २० गते दिउँसो ३ः ३० बजे होटलको २०२ नम्बर कोठामा गएका पत्रकार सालिकराम पुडासैनीलाई होटलवालाले राति खाना खान बोलाउँदा चुकुल नखोलेपछि प्रहरी बोलाएर ढोका खोल्दा उनी मृ*त भेटिएका थिए । रवि लामिछानेलाई पक्राउ गर्नुअघि प्रहरीले पुडासैनीको भिडियो प्रहरी प्रधान कार्यालयमा मगाएर परीक्षण गरेको थियो ।

Rabi Lamichhane
सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता लामिछाने

यसैवीच प्रहरीले रवि लामिछानेलाई पक्राउ गर्नुपूर्व विहीबार अपरान्ह एक अस्पतालमा कार्यरत नर्स ओखलढुंगा घर भएकी रुकु भनिने अस्मिता कार्कीलाई कलंकीबाट नियन्त्रणमा लिएको हो । ती नर्सलाई पक्राउ गरिएको नभएर ‘संरक्षण’ गरिएको प्रहरीको भनाइ छ ।

प्रहरीले नियन्त्रणमा लिनुपूर्व अस्मिताले न्युज २४ लाई अन्तरवार्ता दिन लागेकी थिइन् । एक प्रहरी अधिकृतले भनेका छन्–‘अनुसन्धानलाई प्रभाव पार्ने र आफ्नो पक्षमा जनमत सिर्जना गर्ने गरी ती युवतीसँग अन्तरवार्ता लिन खोजेपछि उनलाई संरक्षणमा राखिएको हो ।’

होटलको कोठा रहेको पङ्खामा डोरी लगाइ झु*ण्डिएको अवस्थामा पुडासैनीको श*वलाई प्रहरीले फेला पारको थियो । प्रहरीको मुचुल्का अनुसार मृ*तक पुडाशैनीको एउटा खुट्टाले होटेलमा रहेको बेडमा हल्का टेकिएको थियो । अर्को खुट्टाले भुइँ छोडेको थियो ।

प्रहरीले घटनास्थलमा फेला पारेको मृ*तकको मोबाइलमा रहेको भिडियो बाहिरिएपछि लामिछानेलाई नियन्त्रणमा लिएको हो । मृ*तक पुडासैनीले भिडियोमा आफ्नो आत्मह*त्याको कारण रवि लामिछाने र अन्य दुई जना भएको बताएका थिए । तर संचारकर्मी लामिछानेले भने घटनामा आफ्नो कुनै पनि संलग्नता नभएको र भएको प्रमाणित भएमा हदैसम्मको कारबाहीको माग गर्दै आएका छन् ।

गत वर्ष भदौ १ गतेदेखि लागू भएको कानुनमा आत्मह*त्या गर्न दुरुत्साहन दिने र आत्मह*त्या गर्नुपर्ने परिस्थिति सिर्जना गर्नेलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्थासहितको मुलुकी अपरा*ध संहिता ऐन, २०७४ ले व्यवस्था गरेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्