सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नेपाल र चीनबिच १७ ओटा सम्झौता भयो

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा आइतबार दुई देशबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल–चीनबीच विभिन्न विषय समेटिएका समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

https://youtu.be/yiOf2tP-dMI

समझदारी पत्र एक अर्काबीच आदानप्रदान गरिएको छ । समझदारी पत्रमा हस्ताक्षर गर्नुअघि दुई देशका उच्चस्तरीय प्रतिनिधि मण्डलबीच भेटवार्ता भएको थियो । नेपाल र चिनबिच १७ ओटा बुँदामा सम्झौता भएको बताइएको छ ।

सम्झौता भएका मुख्य बिषयवस्तु;
-काठमाडौं–चीनको नान्जी सहरबीच भगिनी सम्बन्ध
-बुटवल–सियान सहरबीच भगिनी सम्बन्ध
-त्रिवि कन्फ्युसियस इन्स्टिच्यट खोल्न चीनको कन्फ्युसियस विश्वविद्यालयसँग समझदारी
-टनेल निर्माण समझदारी ।
-सीमा सुरक्षा सामग्रीसम्बन्धी समझदारी ।
-आपराधिक गतिविधि नियन्त्रणमा समझदारी ।
-आयुर्वेदिक उपचार पद्धति विस्तारमा समझदारी
-काठमाडौंमा खानेपानी व्यवस्थापन सम्बन्धी सम्थादारी लगायत ।

Xi Jinping and PM Kp Oli

नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता सुरु भएको छ । काठमाडौंको होटल सोल्टीमा राष्ट्रपति सी र ओली नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलबीच वार्ता सुरु भएको हो । उक्त वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित रहेर विचार–विमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

वार्तामा नेपालका तर्फबाट प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री वर्षमान पुन, अर्थमन्त्री युवराज खतिवडा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पुष्प कँडेल, मुख्यसचिव, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार लगायत ३० जनाको टोली सहभागी छ ।

राष्ट्रपति सी नेतृत्वको प्रतिनिधिमण्डलमा विदेशमन्त्री वाङ् यी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायत छन् । वार्तापछि द्विपक्षीय २० बुँदे समझदारी पत्रमा हस्ताक्षर हुने छ । हस्ताक्षर पत्रमा रसुवागढी–काठमाडौं र तातोपानी–काठमाडौ सडक स्तरोन्नती, टोखा– छहरे सुरुङमार्ग, मदन भण्डारी विश्व विद्यालय, कर्णाली करिडोरका विषय समटिएका छन् । केरुङ–काठमाडौ रेलमार्गको डीपीआर तहको अध्ययनको विषय पनि सहमति पत्रमा रहने छ ।

Xi Jinping and Kp Oli

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा सी दुई दिने राजकीय भ्रमणका लागि शनिबार अपराह्न नेपाल आएका हुन् । २३ वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको राजकीय भ्रमण भएको हो । उनी आजै दिउँसो स्वदेश फर्कने कार्यक्रम छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्