सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

अश्लिल र्याप गाएको आरोपमा ‘भिटेन’ पक्राउ

नेपाली र्यापर तथा गायक समिर घिसिङ ‘भिटेन’ पक्राउ परेका छन् । भिटेनलाई बिहीबार महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले जावलाखेलबाट पक्राउ गरेको हो ।

अश्लिल गीतहरू गाएको आरोपमा उनलाई पक्राउ गरिएको एसएसपी सहकुल थापाले बताएका छन् । रौतहटमा जन्मिएका भिटेन ‘चुरोट’ नामको गीतबाट चर्चामा आएको थिए ।

Samir Ghising VTEN

नेपाली र्यापर गिरीश खतिवडाले आफ्नो ब्लगमा उनलाई ल्याएपछि भिटेन थप चर्चित भए । यसअघि मंगलबार पनि गायक दुर्गेश थापालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

रिलिज गरेको पछिल्लो ‘ह्यापी तिहार’ नामक गीतले लागुऔषध प्रयोगलाई प्रवद्र्धन गरेको देउसी भैलोको गीतलाई बङ्ग्याएको उजुरीपछि उनी पक्राउ परेका थिए । उनले हिरासतबाटै सो गीत आफ्नो आधिकारिक युट्युब च्यानलबाट हटाएका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्