सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

तोचिगी बस्ने नेपालीले गरे जापानलाई सहयोग

अक्टुबर १२ र १३ तारिखका दिन जापानमा आएको हागिविस नामको समुद्री आँधी (ताइफु)बाट प्रभावितहरुलाई जापानको तोचिगीमा बस्ने नेपालीहरुले सहयोग गरेका छन् । नेपाली समुदायले हागिविस ताईफुले जनजिवन प्रभावित भएका परिवारलाई स्वयंसेवकीय रुपमा सहयोग गरेका हुन् ।

https://youtu.be/mEM4P3ak4bk

तोचिगीकेनलाई कर्मथलो बनाउँदै आएका नेपालीहरुले ताइफुको पिडामा गुज्रिरहेका जापानी नागरिकको जनजिवनलाई पुरानै अवस्थामा फर्काउन स्वयंसेवकको रुपमा भौतिक सहयोग गरेका हुन् । तोचिगी नेपाली कम्युनिटी अन्र्तगत रहेर करिब ३० जना नेपालीले ताईफुसंगै आएको बाढीले डुवानमा परेर बासबिहिन भएका जापानी नागरिकको जनजिवनलाई सामान्य बनाउन सहयोग गरेका थिए ।

Typhoon Volunteer in Japan

अक्टुबर २७ तारिख आइतबारका दिन नेपाली समुदायले बाढी र डुवानमा परेका जापानी परिवारको घरका बिग्रिएका सामानको व्यवस्थापन र सरसफाई गरी बस्नयोग्य बनाईदिएका थिए । नेपाली समुदायले स्वयंसेवकका रुपमा गरेको सहयोगको पिडित परिवार र तोचिगी सिटी अफिसले उच्च प्रशंसा गरेका थिए ।

पिडित परिवार र तोचिगीको स्थानीय सरकारले नेपाली समुदायले ताइफु पिडित समुदायलाई गरेको सहयोगले पिडित परिवार र जापानलाई ठुलो गुण लगाएको भन्दै धन्यवाद दिएका थिए । नेपाली समुदायको स्वयंसेवकिय सहयोगले नेपाली समुदाय र जापानबिचको सम्बन्ध अँझ बलियो बनेको उनीहरुको धारणा थियो ।

Typhoon Volunteer in Japan

बिहान १० बजेदेखी दिउँसो ३ बजेसम्म भएको स्वयंसेवकिय कार्यमा तोचिगी, सानो, ओयामा लगायतका क्षेत्रमा बस्ने नेपालीहरु सहभागी भएका थिए । जापानले पनि भुकम्प गएका बेला नेपालमा ठुलो सहयोग गरेको हुँदा जापानको पिडामा थोरै भएपनि सहयोग गरेको गुण तिर्ने प्रयास गरिएको तोचिगी नेपाली कम्युनिटीका संयोजक महेश लुईँटेलले बताएका छन् ।

Typhoon Volunteer in Japan

ताइफुबाट प्रभावित जापानलाई स्वयंसेवकका रुपमा सानो भएपनि सहयोग गरेर नेपाल र नेपालीको प्रतिष्ठा बढाउने कार्य गर्न पाएकोमा सहभागी सबैले खुशी ब्यक्त गरेको संयोजक लुईँटेलले बताएका छन् । बेलाबेला बिभिन्न सामाजिक कार्य गर्दै आएको तोचिगी नेपाली कम्युनिटीको यो कार्यको जापानी नागरिक र स्थानीय सरकारले खुलेर प्रशंसा गरेको पनि लुईँटेलले बताए ।

Typhoon Volunteer in Japan

ताइफु पिडितहरुका लागी गरिएको स्वयंसेवकिय कार्यमा सहभागीहरुका लागी एसएमएस कर्पोरेशनले बिशेष सहयोग गरेको थियो । सहभागीहरुलाई काम गर्दा चाहिने बुटजुत्ता, पञ्जा, स्वयंसेवकले प्रयोग गर्ने टि–सर्ट (जर्सी), खाना र यातायात लगायतको ब्यवस्था एसएमएस कर्पोरेशनले गरेको थियो । नेपालीहरुले गरेको स्वयंसेवकीय कामको बारेमा जापानी सञ्चारमाध्यमले पनि समाचार प्रकाशन तथा प्रसारण गरेका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्