बहराइनमा ३ जना नेपालीमा कोरोना देखियो
बहराइनमा रहेका ३ जना नेपाली कामदारलाई कोरोना भाइरसको संक्रमण भेटिएको छ । बहराइनमा अहिलेसम्म ३ सय ५ जनामा कोरोनाको संक्रमण देखिएको छ । जसमा तीन जना नेपाली कामदार रहेका छन् ।
बहराइनस्थित नेपाली दूतावासले तीन जना नेपाली कामदारमा कोरोनाको संक्रमण भेटिएको जनाएको छ । अहिले उनीहरुलाई क्वारेन्टाइनमा राखेर उपचार भइरहेको छ ।
दूतावासको अनुसार उनीहरु कार्यरत कम्पनीमा रहेका अन्य कामदारलाई पनि निगरानीमा राखिएको छ । दुतावासले बहराईनमा रहेका नेपाली समुदायलाई साबधानी अपनाउन आग्रह गरेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्