सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

अमेरिकामा दुई नेपालीमा कोरोना भएको पुष्टि

न्युयोर्कको ज्याक्सनहाइटमा बस्ने दुई नेपालीलाई कोरोना संक्रमण भएको पुष्टी भएको छ । अहिले उनीहरुलाई एल्हमस्र्ट अस्पतालमा भर्ना गरिएको र भेन्टिलेटरमा राखिएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

पुष्टि भएकामध्ये ४७ वर्षीय एक नेपालीले न्यूयोर्कमा उबर चलाउँदै आएका थिए । उनलाई सुरुमा उच्च ज्वरो आएपछि अस्पताल र्पुयाइएको थियो । चिकित्सकको सल्लाह बमोजिम चारदिनपछि फलोअपका लागि अस्पताल पुग्दा उनको अक्सिनको लेबल कम भएको र निमोनिया देखिएको जनाइएको छ ।

Jacktion Hight USA

उनकी श्रीमतीका अनुसार कोरोना संक्रमणपछि परिवारको स्विकृतिमा अस्पतालले नशाबाट दिइने सेन्टरलाइन औषधी चलाएको छ । उनले प्रेसरको औषधी प्रयोग गर्दै आएका थिए तर उनलाई अन्यरोगको समस्या भने नरहेको बताइएको छ ।

यस्तै आइतबारनै न्यूयोर्क राज्यमै बसोबास गर्ने अर्का एक ५० वर्षीय नेपालीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई पनि उच्च ज्वरो आएपछि अस्पताल र्पुयाइएको थियो । उनको अवस्था अहिले गम्भीर रहेको र श्वासप्रश्वासमा समस्या भएपछि भेन्टिलेटरमा राखेर उपचार गराइरहेको जनाइएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्