सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

अमेरिकामा कोरोनाबाट एक नेपालीको मृत्यु

कोरोना (कोभिड–१९) को संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु भएको छ । पाँचथर घर भएका ५० वर्षीय अनिल सुब्बाको सोमबार न्यूयोर्कमा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्वाङले बताएका छन् ।

Coronavirus test

१५ वर्षअघि आएका सुब्बा एक छोरा र दुई छोरीसहित उनी अमेरिकामा बस्दै आएका थिए । अमेरिकामा कोरोना संक्रमणबाट नेपाली मूलका नागरिकको मृत्यु भएको यो पहिलो घटना हो । यसअघि बेलायतमा एकजना नेपालीको मृत्यु भएको थियो ।

पाँचथरको रानीगाउँमा जन्मेका सुब्बा १५ वर्षदेखि अमेरिकामा बस्दै आएका थिए । भाडाको ट्याक्सी चलाउने उनी मधुमेह र उच्च रक्तचापका बिरामी थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्