सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा फेरी अर्को नेपालीमा कोरोना देखियो

जापानमा थप एक जना नेपालीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । यो संगै जापानमा कोरोनाबाट संक्रमित हुने नेपालीको संख्या २ जना पुगेको छ ।

टोक्योस्थित ईकेबुकुरोमा रेस्टुरेन्ट व्यवसाय गर्दै आएका व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको हो । संक्रमित व्यक्तिको विवरण गोपनियता कायम राख्नुपर्ने भएकाले खुलाइएको छैन ।

यस अघि ईबाराकी केनमा बस्दै आएकि एक नेपाली युवतीमा संक्रमण पुष्टी भएको थियो । उनको हाल उपचार भईरहेको छ ।

जापानमा हालसम्म कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या ८ हजार नाघेको छ । कोरोनाका कारण जापानमा ज्यान गुमाउनेको संख्या १५० पुगेको छ ।

टोक्योमा मात्रै संक्रमित संख्या २१ सय पुगेको छ भने ज्यान गुमाउनेको संख्या ४० रहेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्