सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कोरोनाका कारण नेदरल्याण्डमा नेपाली निधन

यूरोपेली मुलुक नेदरल्याण्डमा बसोवास गर्दै आएकी एक नेपाली महिलाको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको छ । ४० वर्षीय लक्ष्मी भट्टचनको कोरोना भाइरस संक्रमणबाट निधन भएको हो ।

म्याग्दी घर भइ श्रीमान र २ बच्चासहित १५ बर्षदेखि नेदरल्याण्डमा बस्दै आएकी भट्टचन चिकित्सकको सल्लाह अनुसार विगत एक महिनादेखि होम क्वारेन्टाइनमा रहदै आएकी थिइन् ।

Laxmi Bhattachan

तर, पछि संक्रमणले च्यापेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उपचाररत रहदा नै उनको निधन भएको थकाली समाज बेल्जियमका सचिव रमेश शेरचनले जानकारी दिएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्