सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा फेरी अर्को नेपालीलाई कोरोना संक्रमण

जापानको राजधानी टोकियोमा बस्दै आएका थप १ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको छ । टोकियो स्थित नेपाली दुतावासले दिएको जानकारी अनुसार टोकियोको इकेबुकुरोमा रहेको नेपाली रेस्टुरेन्टमा कार्यरत बर्ष ३४ का पुरुषमा कोरोनाको संक्रमण देखिएको हो ।

यस अघि सोहि रेस्टुरेन्टमा कार्यरत नेपालीलाई कोरोना संक्रमण भएको थियो । यसअघिका संक्रमित र बुधबार थपिएकासहित दुबै जना कोरोना सक्रमित नेपालीको टोकियोकै अस्पतालमा उपचार भैरहेको छ ।

Tokyo

इबाराकी बस्दै आएकी संक्रमित महिलाको भने दोश्रो र तेस्रो पटक कोरोना परीक्षणमा नेगेटिभ देखिएपछी अस्पतालले उनलाई डिस्चार्ज गरेको छ । बर्ष २१ कि कँडेल थरकी ति युवतीलाई अप्रिल २ तारिखका दिन कोरोना पुष्टि भएको थियो । उनी बृद्धबृद्धा स्याहार केन्द्रमा काम गर्दै आएकी थिईन ।

आज एकजना कोरोना संक्रमित थपिए संगै जापानमा कोरोना संक्रमित नेपालीको संख्या ३ पुगेको छ । जापानभर यो समाचार तयार पार्दासम्म कोरोना संक्रमितको संख्या १२ हजार पुग्न आँटेको छ । पछिल्लो तथ्यांक अनुसार जापान भर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको सख्या २९६ पुगेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्