सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

यूएईमा फुर्वा तामाङले गरे झुण्डिएर आत्महत्या

यूएईमा वैदेशिक रोजगारीका क्रममा रहेका फुर्वा तामाङले आत्महत्या गरेका छन् । उनले केही दिनअघि मात्रै कोरोना परीक्षण गरेका थिए । परीक्षणमा रिर्पोट नेगेटिभ आएपछि उनी नियमित काममा फर्किएका थिए ।

तामाङले मंगलबार साँझ कोठामा कोही नभएको मौकामा आत्महत्या गरेका हुन् । उनले के कारणले आत्महत्या गरे भन्ने खुलेको छैन । केही महिनाअघि नेपाल विदामा आएर फर्किएका तामाङले कोरोनाको मनोवैज्ञानिक त्रासका कारण आत्महत्या गरेको आशंका गरिएको छ ।

sucide aatmahatya

बाथरुममा पासो लगाएर आत्महत्या गरेको अवस्थामा उनको शव भेटिएको यूएईमै रहेका उनका आफन्त कुमार तामाङले जानकारी दिए । झापाको मेचीनगर ४ नमूना आमडाँगी घर भएका तामाङ सारजाहस्थित अल्नादाको बालबाक क्यासल मिट सपमा कार्यरत थिए ।

३८ वर्षीय तामाङको शव प्रहरीले पोष्टमार्टमा लागि लगेको छ । लकडाउन खुलेपछि शव नेपाल ल्याउन तयारी थालिएको काठमाडौंमा रहेका तामाङका साथी अनिश गुजरेलले जानकारी दिएका छन् । तामाङ साढे २ वर्षअघि यूएई पुगेका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्