सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बेलायतमा कोरोनाबाट फेरी ३ नेपालीको मृत्यु

बेलायतमा कोरोना भाइरस (कोभीड १९) बाट थप ३ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेमध्ये ३२ वर्षीय नाछिरिंग राई सबैभन्दा कम उमेरकी नेपाली युवती हुन् ।

उनको बेलायतको नानिटनस्थित जर्ज इलियट अस्पतालमा उपचारको क्रममा कोरोनाका संक्रमणका कारण मृत्यु भएको हो । लामो समयदेखि मृगौला सम्बन्धी रोगबाट पीडित राईलाई श्वासप्रश्वासमा समस्या देखिएपछि एकहप्ता अघि अस्पताल भर्ना गरिएको थियो ।

खोटाङ जिल्लाको ऐसेलुखर्क पुर्ख्यौली घर भएकी राई पछील्लो समय धरान १७ मा बस्दै आएकी थिइन् । गतवर्ष मात्र बेलायत गएकी मृतक राई बेलायतको नानिटनमा आफ्ना आमाबाबा र बहिनीका साथमा बस्दै आएकी थिइन् । पूर्व गोर्खा डाकबहादुर राईकी छोरी मृतक राई अविवाहित नै थिइन् ।

nepali dead in Uk

कोरोना संक्रमणकै कारण अर्का एकजना नेपालीको पनि मृत्यु भएको छ । सन् २००६ देखि बेलायतको रेडिंगमा बस्दै आएका झापा जिल्लाको खुदुनाबारी निवासी ६५ वर्षीय हंसराज लिग्देलको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको बताइएको छ । मृतक लिंग्देल झापाको जनता माध्यामिक विद्यालय खुदुनावारीका पूर्व प्रधान अध्यापक हुन् ।

त्यस्तै बेलायतको ह्वाइटसिटीमा बस्दै आएका पूर्व गोर्खा सैनिक एवं साहित्यकार ७२ वर्षीय गोपाल शाहीको पनि बुधबार कोरोनाको संक्रमणबाट मृत्यु भएको छ । मृतक शाहीलाई गतवर्ष हृदयघात भएको थियो, उनि ढाडको समस्याबाट समेत पीडित थिए । पुर्ख्यौली घर प्युठान भएपनि पछिल्लो समय पछिल्लो समय भैरहवा बस्दै आएका थिए ।

मृतक शाही बेलायतमा हुने साहित्यिक गतिविधिमा समेत संलग्न हुँदै आएका थिए । बेलायतमा उनि श्रीमतीका साथ् बस्दै आएका थिए । बेलायतमा कोरोनाको संक्रमणबाट मृत्यु हुने नेपालीहरुको संख्या दुई दर्जन पुगिसकेको छ । त्यस्तै बेलायतमा कोरोनाबाट १८ हजार ७ सय जनाले ज्यान गुमाइसकेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्