नर्सिङ केयरमा जापान जान अनलाइन अन्तरवार्ता
जापानले तोकुतेई गिनोउ भिषा मार्फत नेपाल सहित बिभिन्न मुलुकबाट विदेशी कामदार लैजाने प्रक्रिया कोरोना भाईरसको असरका कारण रोकिएको यहाँहरु सबैलाई थाहा नै छ । विश्वभर आकस्मिक बाहेक नियमित आवतजावत सम्बन्धि सम्पुर्ण उडानहरु यतिबेला ठप्प रहेका छन् ।
नर्सिङ केयरमा नेपाली कामदार जापान लैजाने प्रक्रिया सुरु भएकोमा यही कोरोना भाईरसकै समस्याका कारण अहिले रोकिएको छ । अध्यागमन (भिषा) सम्बन्धि कामहरु रोकिए पनि लकडाउनको खालि समयलाई सदुपयोग गर्दै जापानस्थित एभरेष्ट कर्पोरेसनले अनलाईन मार्फत गर्न सकिने कामदार छनौट लगायतका कामहरुलाई भने अगाडी बढाएको छ ।
नेपाली कामदार जापान लैजाने अनुमति पाएको एभरेष्ट कर्पोरेसनले अहिले नेपालमा जापानी भाषा र नर्सिङ केयर सम्बन्धि सिप परिक्षा पास गरेर बसेकाहरुलाई तोकुतेई गिनोउ भिषामा जापान लैजान स्काईपमार्फत छनौट गर्ने प्रक्रिया सुरु गरेको छ ।
नर्सिङ केयरमा जापान जान इच्छुक भाषा र सिप परिक्षा पास गरेका उम्मेद्वारहरु हरेक हप्ताको बिहिबार र शुक्रबार स्काईपमार्फत हुने छनौट प्रक्रियामा सहभागी हुन सक्ने काठमाण्डौस्थित सेता एजुकेशनका अध्यक्ष भुपाल तामाङले जानकारी दिएका छन् ।
छनौट प्रक्रियामा सहभागी हुनका लागी स्काईप आइडी Everest KK 株式会社 मा सम्पर्क गर्न सकिने तामाङले बताएका छन् । जापानमा नेपाली कामदार लैजाने अनुमति पाएको एभेरष्ट कर्पोरेसनले नेपालमा काठमाण्डौको पुतलीसडकमा रहेको सेतो एजुकेशन सर्भिसेज प्राईभेट लिमिडेटसंग सहकार्य गरेको छ ।
सेतो एजुकेशनका अध्यक्ष भुपाल तामाङले तोकुतेइ गिनोउ भिषामा जापान जान योग्य कामदारले फोन नं. ०१–४२४१२२८ र मोवाइल नं. ९८५११३५७०४ मा सम्पर्क गर्न सक्ने बताएका छन् । त्यसैगरी जापानस्थित एभरेष्ट कर्पोरेशनको फोन नं. ८१२८७५५१०३८ मा फोन गरेर पनि आवश्यक जानकारी लिन सकिने तामाङले बताएका छन् ।
छनौट प्रक्रियामा सामेल हुनका लागी आवश्यक कागजात एभरेष्ट कर्पोरेशनको इमेल ठेगाना bhuta.everest@gmail.com र everestkk2017@gmail.com मा पठाउन एभरेष्ट कर्पोरेशनले आग्रह गरेको छ । कोरोनाको समस्या समाधान भए लगत्तै जापान जाने प्रक्रिया सुरु हुने भएकाले लकडाउनको समयलाई सदुपयोग गरी छनौट प्रक्रियामा सामेल हुन पनि एभरेष्ट कर्पोरेसनले आग्रह गरेको छ ।
सेतो एजुकेशनका अध्यक्ष भुपाल तामाङले भविष्यमा तोकुतेइ गिनोउ भिषा मार्फत जापान जान इच्छा भएकाहरु कोरोनाको समस्या हटेपछी सेतो एजुकेशनमा हुने भाषा कक्षामा भाषा अध्ययनका लागी सामेल हुनसक्ने बताएका छन् ।
नेपाल सरकारद्वारा प्रमाणित जापानमा नेपाली कामदारको माग गरिएको डिमान्ड लेटर (माग पत्र) तल हेर्नुहोस्;
यो पनि पढ्नुहोस् ।
नर्सिङ केयरमा जापान जानेले बुझ्नैपर्ने कुरा
फेसबुकबाट कमेन्ट गर्नुहोस्