पोखरामा बिद्यार्थीले जलाए नरेन्द्र मोदीको पुत्ला
लिपुलेकमा नेपाली भूमि अतिक्रमणको विरोधमा पोखरामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन भएको छ ।
पुत्ला दहन गर्ने चार जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा क्षितिज सापकोटा, विशाल तामाङ, विनय अधिकारी र मिलन सुवेदी छन् ।
सापकोटा अनेरास्ववियुका केन्द्रीय सदस्य हुन् भने अरू जिल्ला तहका नेता हुन् ।
राष्ट्रिय स्वाधीनताका लागि आत्मसमर्पणवादको विरोध गर्दा प्रहरीले गिरफ्तार गरेको सापकोटाले बताएका छन् ।



फेसबुकबाट कमेन्ट गर्नुहोस्