सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

शुक्रबार बिहान नेपालमा ९ जनामा कोरोना पुष्टि

शुक्रबार विहान नेपालमा जप ९ जनामा कोरोना संक्रमण भएको पष्टि भएको छ । मकवानपुरमा १ जना र बाँकेमा ८ जना नयाँ संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

बाँकेको नरैनापुर गाउँपालिका–१, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बाँकेमा नयाँ देखिएका कोरोना संक्रमित दक्षिण भारतबाट आई क्वारेन्टाइनमा बसेकाहरु हुन् ।

Coronavirus test

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरेको परीक्षणमा मकवानपुरका ३७ वर्षका पुरुषमा संक्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्