सरकारले पास दिएपछी पुर्वराजा काठमाण्डौ फिर्ता
लकडाउनका कारण पूर्वको झापामा रोकिएका पूर्वराजा ज्ञानेन्द्र शाह सरकारले पास उपलब्ध गराएपछी काठमाडौंतर्फ आएका छन् । गृह मन्त्रालयको सहमति लिई झापाको जिल्ला प्रशासन कार्यालयले सवारी पास दिएपछि शुक्रबार उनी झापाबाट काठमाडौंतर्फ आएका छन् ।
झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले गृह मन्त्रालयको सहमति लिई बिहीबार साँझ नै पूर्वराजालाई सवारी पास दिएको बताएका छन् ।
पूर्वराजाका सहयोगीले इमेलमार्फत सवारी पास लिन निवेदन दिएपछि प्रशासन कार्यालयले पास दिएको थियो । तर गृह मन्त्रालयको स्वीकृति नलिई सवारी पास दिन नपाइने भएपछि प्रशासन कार्यालयले उक्त पास रद्ध गरेको थियो ।
‘हामीले पहिले दिएको पासमा गृह मन्त्रालयको अनुमति नभएकाले त्यसलाई रद्ध गरेका थियौं’ उनले भने ‘पछि गृह मन्त्रालयको अनुमति लिएर हिँजै (बिहीबारै) पास दिएका हौं ।’
निजी भ्रमणमा झापा पुगेका पूर्व राजदम्पत्ति लकडाउन सुरु भएपछि त्यहीँ रोकिएका थिए । लकडाउन लम्बिँदै गएपछि उनीहरु काठमाडौं आउन चाहेका हुन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्