सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बाँकेका ८ संक्रमित भारतबाट आएको खुलासा

शुक्रबार बिहान बाँकेमा थपिएका आठै जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भारतबाट आएको पाइएको छ । उनीहरु नरैनापुर गाउँपालिका १, ३ र ५ नम्बर वडाका हुन् ।

गाउँपालिका अध्यक्ष इश्तियाक अहमद साहले भने–‘१४–१५ दिन अगाडि भारतबाट आएका हुन् । नेपाल प्रवेश गरेको थाहा पाएपछि क्वारेन्टाइनमा ल्याएर राखिएको थियो ।’

coronavirus infected

८ जना फरक फरक समूहमा आएका थिए र दीपेन्द्र प्रावि भवानपुर, नेराप्रावि र कृष्ण प्राविको क्वारेन्टाइनमा थिए । उनीहरुलाई कुन अस्पताल लैजाने भन्ने टुंगो भइसकेको छ । अध्यक्ष इस्तियाकले भने–‘स्थानीय प्रशासन र स्वास्थ्यकर्मी पर्खिरहेको छु ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्