सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कोरोना संक्रमित भागे प्रहरीले गोली हान्न पाउने

पछिल्लो समय कोरोना संक्रमित भाग्ने र लुक्ने गर्न थालेपछी पर्सामा कोरोना संक्रमित भागेमा सुरक्षाकर्मीले गोली समेत हान्न पाउने भएका छन् । बुधबार संकट व्यवस्थापन केन्द्रको बैठकले सुरक्षाकर्मीहरूलाई अस्पतालबाट भाग्ने कोरोना संक्रमितलाई गोली समेत हान्ने अधिकार दिएको हो ।

सो निर्णयको बारेमा पर्साका एसपी गंगा पन्तले पुष्टि गरेकी छन् । ‘हिजोको बैठकले हामीलाई अधिकार दिएको हो,’ एसपी पन्तले भनिन् । गत बुधबार वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट शौचालय जाने बहानामा दुई जना संक्रमित भेन्टिलेसन फोडेर भागेका थिए ।

प्रहरीले उनीहरूलाई सोही दिन पक्राउ गरेको थियो । उक्त घटनालाई मध्यनजर गर्दै केन्द्रले अस्पतालबाट भाग्न नदिन यस्तो निर्णय गरेको हो । सुरक्षाकर्मीलाई संक्रमित भागेमा नियन्त्रणमा लिन आवश्यकता अनुसार बल प्रयोग गर्ने तथा गोली समेत चलाउन पाउने अधिकार दिने निर्णय गरेको हो ।

Corona infected run

उक्त बैठकको अध्यक्षता प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले गरेका थिए । बैठकमा नारयणी अस्पतालका डा. मदन उपाध्याय, प्रमुख सेनानी मदनजंग राणा, प्रहरी उपरीक्षक गंगा पन्त, सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुँवर लगायत सहभागी थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्