सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कोरोनाबाट मृत्यु भएकाको शव छुन नपाइने

शनिबार एक सुत्केरी महिलाको कोरोना भाइरसका कारण मृत्यु भएको पुष्टि भएसंगै सरकारले कोरोनाबाट ज्यान गुमाउनेहरुको अन्तिम संस्कार सम्बन्धि कार्यबिधि सार्बजनिक गरेको छ ।

कार्यबिधिअनुसार कोरोना भाइरसका कारण मृत्यु भएका व्यक्तिको परिवारले शव छुन नपाउने भएका छन् । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरले बनाएको शव व्यवस्थापन सम्बन्धी कार्यविधिले संक्रमण नफैलियोस् भनेर सतर्कता अपनाउन यो नीति अख्तियार गरेको हो ।

हालसम्म शवको संसर्गबाट रोग अर्को व्यक्तिमा सरेको प्रमाण फेला नपरे पनि सावधानी अपनाउन यो नीति अपनाइएको कार्यविधिमा भनिएको छ । साथै, शवलाई चाँडोभन्दा चाँडो अन्तिम संस्कार स्थलमा लानुपर्ने पनि उल्लेख गरिएको छ ।

यही कार्यविधि अनुसार नेपालमा पहिलो पटक कोरोना भाइरसका कारण मृत्यु भएकी महिलाको शनिबार साँझ पशुपति आर्यघाटमा दाहसंस्कार भइसकेको छ । कार्यविधिले मृतकको जथाभावी सदगतलाई पनि निषेध गरेको छ ।

शवलाई अस्पताल या घरबाट अन्तिम संस्कार गर्न लैजाने क्रममा अस्पतालका कर्मचारी, एम्बुलेन्स, सदगत गर्ने व्यक्तिहरु र सहभागी हुने आफन्तले पञ्जा, चस्मा, टोपी, मास्कसहित पीपीई प्रयोग गर्नुपर्ने भनिएको छ ।

Death scatch, Sicide

साथै, शवलाई कमभन्दा कम चलाउने भनिएको छ । शवको कुनै भागबाट श्राव भइरहेको भए त्यसलाई होसियारीपूर्वक बन्द गर्नुपर्ने भनिएको छ । कार्यबिधिमा भनिएको छ–‘६० वर्षमाथिका व्यक्ति र दीर्घरोगीहरुलाई शवको नजिक जानबाट रोक्नुपर्छ । सदगत गर्नुपूर्व आफ्नो कुलरपरम्परा अनुसार शवलाई नछोइकन जल छर्कने, पाठ गर्ने तथा फुलमाला चढाउने जस्ता क्रियाकलाप गर्न सकिनेछ ।’

मृतकका आफन्तले शव हेर्न चाहेमा नछोइ कम्तिमा एक मिटर टाढाबाट एक–एक जनालाई पालैपालो गरी हेर्न दिन सकिने बताइएको छ । कोभिड–१९ ले मृत्यु भएका व्यक्तिको सामान्यता पोष्टमार्टम गर्नु नपर्ने पनि कार्यविधिमा भनिएको छ । साथै, गर्नै परे पनि मृतकको फोक्सो तथा अन्य अंगहरुमा जिवाणु जिउँदै हुनसक्ने हुनाले थप होसियारी अपनाउनुपर्ने भनिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्