सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

राष्ट्रबाद देखाउन नक्सा ल्याएको होईनः ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरासहितको नेपाली नक्सा नेपाली भूमि फिर्ता ल्याउनकै लागि जारी गरिएको बताएका छन् । प्रधानमन्त्री ओलीले नक्सा राष्ट्रबाद देखाउन भन्दा पनि आफ्नो भुमि नक्सामा समेटिएको बताएका हुन् ।

प्रतिनिधिसभामा मंगलबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै उनले सरकारले लिम्पियाधुरासहितको नक्शा देखाउनका लागि मात्र जारी नगरिएको बताएका छन् ।

KP Oli

‘यो कुनै तमासा गरिएको होइन, देखाउनका लागि मात्र गरिएको होइन’ उनले भने ‘यथार्थमा फिर्ता ल्याउनका लागि गरिएको हो ।’

प्रधानमन्त्रीले तथाकथित राष्ट्रवाद देखाउन नक्सा जारी नगरिएको पनि स्पष्टीकरण दिए । ‘तथाकथित राष्ट्रवाद बोल्ने अभ्यास र प्रचलन देखिआएको भोगि आएको समयमा त्यस्तो आकलन गर्नुु पनि अनौठाने होइन’ उनले भने ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्