सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नेपालमा कोरोनाका कारण तेस्रो व्यक्तिको मृत्यु

नेपालमा कोरोना भाइरसका कारण तेस्रो व्यक्तिको मृत्यु भएको छ । गुल्मीका संक्रमित पुरुषको बुधबार मृत्यु भएको प्रदेश–५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले जानकारी दिएका छन् ।

उनले भनेका छन्–‘१५ मिनेट भयो उहाँको मृत्यु भएको खबर आएको । थप कुरा बुझ्ने काम भइरहेको छ ।’ योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

Corona

सोमबार कोरोना संक्रमण पुष्टि भएका उनलाई रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना गरिएको थियो । गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका उनी गत जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि अस्पतालमा भर्ना भएका थिए ।

भर्ना भएको दिनदेखिनै भेन्टिलेटरको सहायतामा आइसियूमा उनको उपचार भइरहको थियो । मृतक पेशाले शिक्षक थिए । उनको विद्यालय क्वारेन्टाइन भएकाले त्यहीँबाट उनलाई संक्रमण सरेको आशंका गरिएको छ ।

नेपालमा यसअघि पनि दुईजना व्यक्तिको कोरोनाबाट मृत्यु भएको थियो । जसमा सिन्धुपाल्चोककी २९ वर्षीया महिला र बाँकेका २५ बर्षिय युवक हुन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्