सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सरिता गिरिले संसदमै भनिन् कालापानी भारतको

जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले नयाँ नक्सालाई नेपालको निशान छापमा समेट्न सरकारले ल्याएको विधेयक माथि संशोधन दर्ता गराएकी छिन् । सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटेर बनेको नेपालको नयाँ नक्सा अनुसारको निशान छाप बनाउने विधेयक संसदमा दर्ता गराएको छ ।

Sarita Giri

उक्त विधेयकमा संशोधन दर्ता गराउँदै उनले स्रोत र प्रमाण नखुलाएकाले हटाउनुपर्ने प्रस्ताव गरेकी छिन् । सरकारले नेपालको संविधानको धारा ९ को उपधारा २ बमोजिम अनुसूची ३ मा राखिएको निशान छाप परिवर्तन गर्ने प्रस्ताव सहितको संशोधन संसदमा दर्ता गराएको हो ।

उक्त संशोधनमाथि गिरीले संशोधन प्रस्ताव गर्दै दफा २ हटाउनुपर्ने प्रस्ताव राखेकी हुन् । गिरीले लिम्पियाधुरा र लिपुलेक लगायतका भूभाग नेपालको भएको भन्ने प्रमाण नभएको बताउँदै आएकी छिन् । प्रतिनिधि सभा बैठकमा संशोधन विधेयकको सैद्धान्तिक छलफलमा सांसदहरले गिरीको टिप्पणीको विरोध जनाएका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्