सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

सरिता गिरीले दिईन बंगलादेश झैँ टुक्रिने चेतावनी

समाजवादी पार्टीकी सांसद सरिता गिरीले जातीय भावनामा राष्ट्रियताको कुरा ल्याएर असहमत पक्षलाई आक्रमण गरिएको बताएकी छिन् । प्रतिनिधि सभा बैठकले आफ्नो संशोधन प्रस्ताव अस्वीकार गरेपछि बाहिरिएकी गिरीले आफूले संशोधन राखेपछि धेरै फोहोरो गालीगलौज सामना गरेको बताइन् ।

‘म महिलाको रूपमा बोल्दैछु–या त मैले आत्महत्या गर्नुपर्छ वा जंगको मैदानमा जानुपर्छ भन्ने भयो । महिलाले आफ्नो डिग्निटी र सेल्फ रेस्पेक्टको रक्षा गर्नुपर्छ भनेर म लागेको हुँ ।’

Sarita Giri

उनले थप भनिन्, ’राष्ट्रियताको नाममा एक जना महिला सांसदको नाममा भएको व्यवहार चेक गर्नु भएन भने नबिर्सनुस् बंगलादेशको निर्माण कसरी भयो’, गिरीले भनिन्–‘किनभने त्यहाँ पाकिस्तानी सेनाले महिलालाई बलात्कार ग¥यो । महिलाहरूले निर्माण गर्नुभयो ।’

उनले जातीय भावनामा राष्ट्रियता ल्याएर असहमत पक्षलाई आक्रमण भएको बताइन् । ‘जब जातीय भावनामा राष्ट्रियता ल्याएर असहमत पक्षलाई आक्रमण गरिन्छ । त्यसमा हामी बेलमै सचेत भएन भनौं । यसको परिणाम मुलुकको राष्ट्रिय एकताका लागि र राष्ट्रियताका लागि हुँदैन’, गिरीले भनिन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS