सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

सिमा वार्ताबारे प्रधानमन्त्रीले वास्तविकता लुकाएको खुलासा

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत सीमा विवादबारे भारतसँग वार्ताको पहलबारे नेपालको संसद र पार्टीका अन्य नेतालाई वास्तविकता जानकारी नगराएको दावी एक भारतीय अखबारले गरेकोछ ।

द हिन्दू अखबारले स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार प्रधानमन्त्री ओलीले देशको संसद र अन्य नेतालाई वार्ताका सन्दर्भमा भारतीय धारणाबारे वास्तविक जानकारी गराएका छैनन् ।

सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुराको विवादका सन्दर्भमा भारतसँग वार्ताको प्रस्ताव गरे पनि भारतले वार्ताका लागि चासो नदेखाएको आरोप लगाउँदै आएको छ ।

भारतीय स्रोतलाई उद्धृत गर्दै सो अखबारले लेखेको छ, ‘जब संशोधन प्रस्ताव संसदमा पेश गरियो, त्यसअघि नै भिडियो कन्फरेन्सका माध्यमबाट वार्ताको प्रस्ताव गरिएको थियो ।’

प्रधानमन्त्री ओलीको एकतर्फी कदमले कठिन स्थिति सिर्जना गरेको र भविष्यमा कुनै प्रकारको वार्ताको परिणामलाई ‘पूर्वाग्रही’ गरिदिएको भारतीय पक्षको धारणा छ ।

KP Oli Priminister

उक्त अखबारले समाचारमा नेपालका अधिकारीलाई पनि यसबारे सोधेको छ । नाम नखुलाइएका ती अधिकारीले भने भारतबाट वार्ताको प्रस्ताव नआएको दावी गरेका छन् ।

समाचारमा भारतले वार्ताको प्रस्ताव कहिले गरेको थियो भन्नेबारे खुलाइएको छैन । तर भारतले वार्ताका लागि प्रस्ताव पठाएको विषयलाई लुकाएर प्रधानमन्त्री ओलीले संशोधित नक्सालाई संविधानमा समेट्न संविधान संशोधन गराउन अग्रसर रहेको समाचारमा दावी गरिएको छ ।

प्रतिनिधिसभाले नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई समेटेर देशको निशान छाप संशोधन गर्ने प्रस्ताव सर्वसम्मत स्वीकृत गरिसकेको छ । संविधान संशोधनको उक्त विधेयक राष्ट्रियसभामा विचाराधीन छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS