सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

भारत हिँडेकी सरिता गिरीलाई सिमानाबाट फकाईयो

सीमाबन्दीकै बीच भारत जान लागेकी जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई नेपाल र भारत दुवैतर्फका सुरक्षाकर्मीले दशगजा क्षेत्रबाट फर्काइदिएका छन् ।

उनी सिराहाको ठाडी नाकाबाट मंगलबार भारतको बिहारतर्फ जान लागेकी थिइन् । संसदमा आफ्नो संशोधन प्रस्ताव प्रस्तुत नगरिएपछि संविधान संशोधनको दिन बैठक बहिस्कार गरेर हिँडेकी सांसद गिरी गृहजिल्ला सिराहामा पुगेकी थिइन् ।

सांसद गिरी कार्यकर्ता भेट्न भन्दै सीमा क्षेत्रमा पुगेको र त्यतैबाट पारि नगई फर्किएको जानकारी आफूले पाएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता विनोद घिमिरले बताएका छन् ।

Sarita Giri

सिमानामा खटिएका सशस्त्र प्रहरीका एक अधिकृतका अनुसार उनलाई दशगजा नजिकबाट फिर्ता पठाइएको हो । ती अधिकृतले भने, अहिले बोर्डर बन्द छ, यस्तो बेलामा माननीयज्यू भारततर्फ जानुहुँदैन भनेर हामीले सम्झायौं, उतातिर भारतको सीमा सुरक्षा बल एसएसबीले पनि प्रवेश दिन मिल्दैन भन्यो । उहाँ फर्किनुभयो ।’ सांसद गिरीको माइती बिहार हो भने घर सिरहाको बस्तिपुरमा पर्छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्