नेपालमा कोरोना संक्रमितको संख्या ७८४८ पुग्यो
पछिल्लो २४ घण्टामा नेपालमा थप ६७१ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण भएको पुष्टि भएको छ । यससँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ७८४८ पुगेको छ । संक्रमित मध्ये २२ जनाको मृत्यु भएको छ भने ११८६ जना निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमित थपिएका छन् । उनीहरु मध्ये ३ जना भक्तपुर, २ जना काठमाडौं र एक जना ललितपुरका भएको बताइएको छ ।
सबैभन्दा धेरै अर्घाखाँचीमा ९७ संक्रमित भेटिएका छन् । डडेलधुराका ८४, दैलेखका ९४, अछामका ४४, बाजुराका ४१, कैलालीका ४२, रोल्पाका ३५, सुर्खेतका ३४, नवलपुरका ३२, धनुषाका २९, बैतडीका २५, कपिलवस्तुका १७, रुपन्देहीका १२ र गोरखाका ११ जनामा पनि संक्रमण पुष्टि भएको छ ।
यस्तै स्याङ्जाका ९ जना, पाल्पाका ६, तनहुँ र पर्वतका ५–५ जना, पर्वत र दाङका ४–४ जना, बाँके, बर्दिया र गुल्मीका ३–३ जना, नुवाकोट, बझाङ, कञ्चनपुर, झापा र सर्लाहीका २–२ जना तथा मोरङ, नवलपरासी, महोत्तरी, सिन्धुपाल्चोक, सिन्धुली, चितवन, बाग्लुङ, र मनाङका १–१ जनामा संक्रमण पुष्टि भएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्