नेपाल–चीन–भारत सिमा पिलरमा नेपाली फौज
सरकारले दार्चुलाको छाङरुमा राखेको बोर्डर आउट पोष्ट (बीओपी) को टोली नेपाल–भारत–चीन सीमाको १ नम्बर पिल्लर पुगेर फर्किएको छ । बीओपी स्थापनापछि नजिकै मात्र गस्ती गरिरहेको सशस्त्र प्रहरी हालै १ नम्बर स्तम्भसम्म पुगेको हो ।
बीओपीका प्रमुख प्रहरी निरीक्षक लिलबहादुर चन्द नेतृत्वको २५ जनाको टोली गस्ती १ नम्बर स्तम्भसम्म पुगेर फर्किएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाका डीएसपी डम्बरबहादुर विष्टले बताएका छन् ।
भारतले कालापानी, लिपुलेक र लिम्पियाधुराको नेपाली भूमि मिचेर सडक बनाएपछि जनस्तरबाट तीब्र विरोध भएको थियो । र, सरकारले छाङ्रुमा सशस्त्र प्रहरीको बीओपी स्थापना गरेको थियो । त्यसयता पहिलो पटक १ नम्बर पिल्लरसम्म फौज पुगेको सशस्त्र प्रहरीका अधिकृतहरुको दाबी छ ।
प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका प्रमुख आईजीपी शैलेन्द्र खनालले पनि बुधबार त्यस क्षेत्रको भ्रमण गरेका छन् । कालापानीलाई भारतले आफ्नो भुमि भनेर अतिक्रमण गरेपछी पछिल्लो समय नेपालले सिमानामा आफ्नो उपस्थिति बढाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्