काठमाण्डौमा चक्कुले हानेर श्रीमतीको हत्या
काठमाडौंको टोखामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । टोखा नगरपालिका–३ बानियाटार बस्ने ४३ वर्षीय कृष्णहरि बानियाँले श्रीमती सलिना खड्कालाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा आज बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बुधबार राति करिब १ बजेको समयमा विवाद हुँदा उनले चक्कु प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको र अहिले शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ ।

महानगरीय प्रहरी प्रभाग गोंगबु र महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । बिबाद के बिषयमा भएको थियो र हत्या नै गर्नुपर्ने कारण के थियो त्यो अनुसन्धानपछी खुल्ने प्रहरीले जनाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्