सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

आइसोलेसनबाट २४ जना कोरोना संक्रमित भागे

दैलेखमा कोरोना संक्रमितका लागी बनाइएको आइसोलेसन सेन्टरबाट २४ जना कोरोना संक्रमितहरु भागेका छन् । नौमुले गाउँपालिका–१ स्थित भैरव माध्यमिक विद्यालयको आइसोलेसन सेन्टरमा बसेका २४ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित बिहीबार मध्यरातमा भागेका हुन् ।

आइसोलेसन सेन्टरमा १०० जना संक्रमित थिए । उनीहरु मध्ये २४ जना बिहीबार रातिको खाना खाएपछि करिब ११ बजेतिर भागेको प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाले जानकारी दिएका छन् ।

‘उनीहरु आइसोलेसनमा बसेको १४ देखि १७ दिन भइसकेको थियो र लक्षण पनि नदेखिएकाले एक दुई दिनभित्रै घर पठाउने तयारी पनि थियो’ कोइरालाले भने, एक्कासी उनीहरु बिहीबार राति भागेछन् ।’

कोइरालाका अनुसार नौमुले गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा १२ जना र नेपाल राष्ट्रिय आधारभूत विद्यालयको आइसोलेसनमा ३० जना संक्रमितको उपचार भइरहेको छ ।

Run From Isolaiton

‘आइसोलेसनमा बस्दै आएका संक्रमितहरुलाई बिहीबार मात्रै चिकित्सकको टोलीले काउन्सिल गरेको थियो,’ कोइरालाले भने, ‘राष्ट्रिय गाइडलाइन अनुसार कुनै पनि लक्षण नदेखिएकालाई हामी केही दिनमै घर पठाउँछौं भन्नु भएको रहेछ । उहाँहरु एक्कासी आइसोलेसनबाट भागेका कारण व्यवस्थापनमा भएका कमीकमजोरीबारे छलफल भएको छ । यदि व्यवस्थापनमा कमजोरी भएको रहेछ भने सुधार गर्ने निर्णय पनि भएको छ ।’

भागेका मध्ये ८ जनालाई आइसोलेसन सेन्टरमा फिर्ता ल्याइएको थियो भने अरु पनि सम्पर्कमा आएका थिए । तर आइसोलेसन सेन्टरमा भने आएका थिएनन् । गाउँपालिकाकी उपप्रमुख अमृता सिंहको अनुसार भागेकासहित गरेर १०१ जनालाई शुक्रबार साँझ घर पठाइएको छ । उनीहरु आइसोलेसनमा बसेका १४ देखि १७ दिन भइसकेका कारण उनीहरुलाई घर पठाइएको र ३० जनालाई पनि आज घर पठाइनेछ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्