सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मोटरसाइकल किन्नेलाई एभरेष्ट बैंकको सस्तो कर्जा

एभरेष्ट बैंकले मोटरसाइकल खरिद गर्न चाहनेका लागि मोटरसाइकल कर्जा सुविधा सार्वजनिक गरेको छ । कम्पनीले ‘अतुलनीय अफर’ अन्र्तगत मोटरसाइकलमा १०.५५ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराउने भएको हो ।

एभरेष्ट बैंकले मोटरसाइकल किन्न चाहने ग्राहकलाई बिना धितो झन्झट रहित कर्जा उपलब्ध गराउने जनाएको छ । बैंकका अनुसार ग्राहकले मोटरसाइकलको मूल्यमा ५० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन् ।

उक्त कर्जा लिन चाहने ग्राहकले ३ बर्षसम्मको लागि कर्जा पाउने छन् । यो स्कीममा कर्जा चाहने ग्राहकले आफ्नो मासिक आम्दानीको ५० प्रतिशत रकमले बैंकको मासिक किस्ता तिर्न पुग्ने हुनु पर्छ । बैंकको कुनैपनि शाखाबाट ग्राहकले सजिलै यो सविधा पाउने छन् ।

Moterbike

हाल बजारमा बिभिन्न मोटरसाइकल कम्पनीले आफ्नै इन्भेष्टमेन्ट कम्पनीमार्फत ग्राहकलाई कर्जा उपलब्ध गराउँदै आएका छन् । यस्ता कम्पनीले उपलब्ध गराउने कर्जामा धेरै जस्तो कम्पनीले १६र१७ प्रतिशतमा कर्जा उपलब्ध गराउँदै आएका छन् । यस्तोमा बैंकले ल्याएको कर्जा अफरमा मोटरसाइकल खरिद गर्ने ग्राहकले ६ प्रतिशतसम्मको फाइदा लिन सक्ने छन् ।

साथै, बैंकले चार पाग्रे सवारीसाधनका लागि ९.५५ प्रतिशतमा कर्जा योजना ल्याएको छ । बैंकले प्रबाह गर्ने गाडी तथा मोटरसाइकल कर्जा बैंकको वेसरेट अनुसार तल माथि हुने जनाइएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्