सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मंगलबार ८५५ जनामा कोरोना संक्रमण भएको पुष्टि

पछिल्लो २४ घण्टामा ८५५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ३२७ नमुना परीक्षण गर्दा २७१ महिला र ५८४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै संक्रमितको कुल संख्या ३३ हजार ५३३ पुगेको छ । उनीहरुमध्ये १९ हजार १९९ निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३१३ जना डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र २३२ संक्रमित थपिएका छन् । काठमाडौंमा १९९, ललितपुरमा १९ र भक्तपुरमा १४ जना संक्रमित थपिएका हुन् ।

यस्तै सर्लाहीका ५८, डोटीका ४५, रौतहटका ४४, मोरङका ४३, धनुषाका ४२, चितवनका ३७, कपिलवस्तुका २३, अछामका १९, दाङका १८, बारा र महोत्तरीका १७–१७ जना, सुनसरी र कैलालीका १६–१६ जना, बाँकेका १५, कास्कीका १३, कञ्चनपुरका १२ तथा रुकुम पूर्व र बझाङका ९–९ जना संक्रमित भएका छन् ।

Corona

धादिङ र नवलपरासीका ८–८ जना, तनहुँ र बार्दियाका ६–६ जना, झापा, काभ्रे, कालीकोट र सुर्खेतका ५–५, पर्सा, नवलपुर, पाल्पा, प्युठान, दैलेख र सल्यानका ४–४ जना, सप्तरी, सिराहा, दोलखा र रोल्पाका ३–३ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यसैगरी सोलुखुम्बु, मकवानपुर, सिन्धुपाल्चोक, गोरखा, पवर्त, गुल्मी, डडेलधुरा र वैतडीका २–२ र उदयपुर, ओखलढुंगा, खोटाङ, नुवाकोट, लमजुङ, बाग्लङ, अर्घाखाँची, जुम्ला र मुगुमा १–१ जनामा देखिएको बताइएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्