कोरोना भ्याक्सिन बनेसंगै सुनको मुल्य घट्न सुरु
कोरोना महामारीले आकासिएको सुनको भाउ कोरोना भ्याक्सिनको आगमनसंगै विस्तारै पुरानै मुल्यमा फर्किन सुरु गरेको छ । आज मंगलबार सुनको भाउ हिँजो सोमबार भन्दा तोलामा एक हजार ७ सय रुपैयाँले घटेको छ ।
सोमबार ८८ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मुल्य मंगलबारका लागि ८७ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको भाउ घटबढमा अन्तरािष्ट्रय बजार मूल्य नै प्रमुख कारण भएको महासंघले जनाएको छ । यस्तै मंगलबारका लागि तेजावी सुनको मुल्य ८६ हजार ५५० रुपैयाँ कायम भएको छ । सोमबार तेजावी सुनको कारोबार ८८ हजार २५० रुपैयाँमा भएको थियो ।
सुनसंगै चाँदीको भाउ पनि ओरालो लागेको छ । सोमबार प्रतितोला १३४० रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य मंगलबारका लागि ४० रुपैयाँले घटेर १२९० रुपैयाँमा झरेको छ । कोरोनाले जनजिबन सामान्य हुँदे गएको र भ्याक्सिनको आपुर्ति बृद्धि हुन थालेपछी सुनको मुल्य घट्ने क्रम सुरु भएको व्यवसायीहरुको भनाई छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्