सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बसपार्कमा महिलाको सामुहिक बलात्कार, ७ पक्राउ

काठमाडौंको नयाँ बसपार्कमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । पटक–पटक गरी विभिन्न समयमा ती महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको जनाएको छ ।

मंगलबार पीडित महिलाका आफन्तले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएपछि प्रहरीले उनीहरुलाई बसपार्कका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

Group

परिसरका एसएसपी सुदीप गिरीका अनुसार पीडितले उजुरी गरेपछि सीसीटीभी फुटेजको आधारमा घटनामा संलग्नहरुलाई मंगलबार राति नै नियन्त्रणमा लिइएको जानकारी दिएका छन् ।

घटनामा संलग्न अन्य दुई जना फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । पीडित महिलाको उमेर करिब ३२ वर्ष रहेको र हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको एसएसपी गिरीले बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्