सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बाँफीकोट गाउँपालिकामा किसानलाई पेन्सन दिईने

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले जेष्ठ किसानलाई मासिक रुपमा पेन्सन दिने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०७८÷०७९ को श्रावण १ गतेबाट लागु हुनेगरी ज्येष्ठ किसानलाई प्रत्येक महिना पेन्सन दिने भएको हो ।

पेन्सन लिनका लागि गाउँपालिकाले कागजात सहित वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । गाउँपालिकाले गाउँ सभा तथा गाउँ कार्यपालिकाको निर्णय अनुसार जेष्ठ किसानलाई प्रति महिना ५ सय रुपैंया पेन्सन दिने निर्णय गरेको थियो ।

सोही निर्णय कार्यान्वयन हुन लागेको बाँफिकोट गाउँपालिकाले जानकारी दिएको छ । पेन्सनका लागि गाउँपालिकाले माघ २५ गतेसम्म आफ्नो वडा कार्यालयमा आवश्यक कागजात सहित उपस्थित हुन अनुरोध गरेको छ । ज्येष्ठ किसान पेन्सन कार्यक्रम गत वर्षको असारमै गाउँसभाबाट पास भएको थियो ।

Farmer

किसान पेन्सन कार्यक्रम चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटिएको थियो । अहिले त्यसलाई कार्यान्वयनमा लैजान लागेको बाँफीकोट गाउँपालिका कार्यालयले जनाएको छ । श्रावण १ गतेबाटै लागु हुने गरी पेन्सन वितरण गरिने गाउँपालिकाले जनाएको छ ।

उहाँका अनुसार दलित किसानको हकमा ५५ वर्ष पुरा भइ ६० वर्ष नपुगेकालाई पेन्सन दिईने छ भने गैर दलितको हकमा ६० वर्ष पुरा भइ ७० वर्ष ननाघेको हुनुपर्ने छ । एक घरबाट एक जनाले मात्र पेन्सन पाउने छन् ।

पेन्सनका लागि कुनैपनि खालको सामाजिक सुरक्षा भत्ता प्राप्त नगरेको हुनु पर्ने छ । त्यस्तै पेन्सनका लागि नागरिकताको फोटोकपि, बैंक खाता र चेकको फोटोकपि बुझाउनु पर्ने छ । कार्यविधि बनाउनु पर्ने तथा अन्य प्रक्रिया पुरा गर्दा पेन्सन वितरणमा केही ढिलाई भएको गाउँपालिकाले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्