सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सर्लाहीमा भारतीय युवकको निर्मम हत्या

सर्लाहीमा एक जना भारतीय युवकको हत्या भएको छ । सर्लाहीको हरिपुर्वा नगरपालिका-१ पथरा पुलनजिक झाडीमा भारत सितामढी ग्रामपञ्चायत सोनबरसा-९ का सिकु भनिने २८ वर्षीय शेखर सुमनको शव फेला परेको हो ।

बुधबार साँझ करिब ६ बजे झाडीमा टाउको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । युवकको टाउको र शरीर २०/२५ मिटरको दूरीमा फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी कैलास राईले दिएका छन् ।

घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा लगिएको र घटनाका विषयमा थप अनुसन्धान गरिरहेको डिएसपी राईले बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्