जुकरवर्गलाई हटाउन खोज्ने को हो यति शक्तिशाली ?
प्रयोगकर्ताको डाटाहरु बेचेको एकपछी अर्को आरोप लाग्दै आएको फेसबुकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत मार्क जुकरवर्गमाथि कम्पनीका लगानीकर्ताहरुबाट राजीनामा गर्न दबाव बढेको छ ।
समाचार अनुसार फेसबुकको लगानीकर्ता कम्पनी ट्रिलियम एसेट म्यानेमेन्टका वरिष्ठ उपाध्यक्ष जोनस क्रोनले जुकरबर्गलाई अध्यक्षको पद छाड्न माग गरेका छन् । अमेरिकाको प्रसिद्ध समाचारपत्र न्यूयोर्क टाइम्समा केही दिनअघि फेसबुकबारे एक नकारात्मक रिपोर्ट आएपछि लगानीकर्ताहरुले जुकरवर्गमाथि असन्तुष्ट छन् ।
अघिल्लो बुधबार न्यूयोर्क टाइम्सले प्रकाशित गरेको रिपोर्टमा फेसबुकले आफू विरोधी कम्पनीहरु विरुद्ध लेख्नको लागि पीआर फर्म डिफयनर्सलाई खटाएको उल्लेख गरिएको छ ।
ब्रिटिस समाचारपत्र गार्डियनसँग बोल्दै जोनसले भनेका छन्–“फेसबुक एक कम्पनी भएको नाताले यसको अध्यक्ष र प्रमुख कार्यकारी अधिकारी फरक–फरक व्यक्ति हुनुपर्छ ।”
उता डिफायनर्स विवादको बारेमा बोल्दै जुकरवर्गले आफूलाई डिफायनर्स र उसको कामबारेमा पहिले जानकारी नरहेको बताएका छन् । बिहिबारनै आफूले डिफयनर्ससँग कन्ट्रयाक्ट अन्त्य गर्ने पनि उनले बताएका छन् ।
फेसबुकले हालै ब्रिटेनका पूर्व प्रधानमन्त्री निक क्लेगलाई आफ्नो पोलिसि एण्ड कम्युनिकेशन विभागको ग्लोबल प्रमुख नियुक्त गरेको छ । उक्त नियुक्तीलाई लिएर पनि लगानीकर्ताहरु असन्तुष्ट रहेका छन् ।
अर्को लगानीकर्ता नर्थस्टार एसेट म्यानेजमेन्टका प्रमुख कार्यकारी जूली गुडरिजले यसबारे बताउदै भने–‘यो पदमा बोर्ड र शिर्ष व्यवस्थापनको अधिनमा रहने गरि यस्ता व्यक्ति नियुक्त गर्न सक्नुहुन्छ भन्ने मलाई लाग्दैन ।’
फेसबुक लगानीकर्ता अर्जुन केपिटनका व्यवस्थापकीय सहयात्री नताशा ल्याबले कम्पनीमा अध्यक्ष र सीईओको पद एकै व्यक्तिसँग हुदाँ फेसबुकमा हुने समस्या ठीकसँग समाधान हुन नसक्ने बताइन् ।
नताशाले फेसबुकका दुवै ठूला पद जुकरवर्गसँग हुदाँ कम्पनीले पछिल्लो समय देखा परेको समस्याहरुलाई स्वीकार्नुको साटो लुकाउन खोजेको बताइन् । उनका अनुसार यसले कम्पनीलाई फाइदाभन्दा बढी नोक्सानी नै भयो ।
नर्थस्टार एसेटकी गुडरिजले जुकरवर्ग फेसबुकका अध्यक्ष भइन्जेल कम्पनीको शेयरमा गिरावट आइरहने बताइन् । उनले फेसबुकमा भइरहका नकारात्मक कामहरु नियन्त्रण गर्न जुकरवर्गसँग पर्याप्त शक्ति भएको तर पनि उनले कुनै कदम नचालेको बताइन् ।
अक्टोबरमा फेसबुकमा जुकरवर्गलाई अध्यक्ष पदबाट हटाउने प्रस्ताव पनि दायर गरिएको छ । यो प्रस्तावलाई ट्रिलियम एसेट म्यानेजमेन्टले दायर गरेको हो । उसलाई न्यूयोर्क सिटी कन्प्ट्रोलरका स्कट स्ट्रिन्जर, पेन्सेल्वेनिया स्टेट ट्रेजररका जे टोर्सेला, इलिनियोस स्टेट ट्रेजररका माइकल फ्रेरिच र रोड आइसलाण्ड स्टेट ट्रेजररका सेठ म्यागजिनरले पनि समर्थन रहेको छ ।
जुकरवर्गलाई अध्यक्ष पदबाट हटाउने प्रस्ताव सन् २०१९ मेमा हुने वाला फेसबुकको शेयर होल्डर्सको वार्षिक वैठकमा पेश गरिनेछ । उक्त कुराको निर्णय मतदानले गर्नेछ ।
स्टक स्ट्रिजरले एक वक्तव्य जारी गर्दै फेसबुकमा अलग अध्यक्ष नहुदाँ सन् २०१६ को अमेरिकी निर्वाचनमा रुसी हस्तक्षेप बढ्दा पनि कम्पनीले समस्यालाई सही सम्बोधन नगरेको भन्दै जुकरबर्गलाई हटाउनुपर्ने बताएको छ ।
त्यस्तै क्याम्ब्रिज एनालिटिकाले फेसबुकका ८.७ करोड प्रयोगकर्ताहरुको डाटा चोरेर त्यसलाई गलत प्रयोग गर्दा समेत फेसबुकले यसलाई सही सम्बोधन नगरेको बताए ।
वक्तव्यमा फेसबुकमा भइरहेको फेक न्यूजको व्यापकता रोक्न पनि जुकरवर्ग असफल रहेको उल्लेख छ । सन् २०१७ मा पनि मार्क जुकरवर्गलाई फेसबुकको बोर्ड सदस्यबाट हटाउने प्रस्ताव ल्याईएको थियो ।
त्यो समय ५१५ भोट यो प्रस्तावको समर्थनमा परेको थियो । तर मार्क जुकरवर्गसँग रहेको ठूलो संख्याको शेयरले गर्दा यो प्रस्ताव असफल भएको थियो ।
खासमा फेसबुकमा दुई खालको शेयरको व्यवस्था रहेको छ । त्यहाँ क्लास–ए र क्लास–बी शेयर रहेको छ । यसमा क्लास–बी शेयर होल्डरसँग क्लास–ए शेयरहोल्डर्सको तुलनामा १० गुणा बढी भोटिङ पावर हुन्छ ।
मार्क जुकरवर्गसँग शक्तिशाली क्लास–बी शेयरको उलेख्य संख्या रहेकाले पछिल्लो वर्ष ल्याइएको प्रस्ताव असफल भएको थियो । यही कारणले अर्को वर्ष ल्याइने प्रस्ताव पनि असफल हुन सक्छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्