सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

टोक्योमा नेपालीहरुबिच ठुलो धनराशीको फुटबल

हाईजीमा युथ क्लवको आयोजनामा जापानमा रहेका नेपालीहरुको बिचमा ७ लाख येन धनराशीको फुटवल प्रतियोगिता हुने भएको छ । टोक्योमा हुने प्रतियोगितामा विजयी हुने टिमले ५ लाख जापानी येन पाउनेछ भने दोस्रो हुने टिमले २ लाख जापानी येन पुरस्कार पाउनेछ ।

मित्रता र एकताका लागी फुटबल भन्ने नारा दिईएको दोस्रो हिमालयन गोल्ड कप प्रतियोगिता फेब्रुअरी ११ तारिखमा हुँदैछ । प्रतियोगितामा टिम दर्ताका लागी ४० हजार जापानी येन शुल्क तोकिएको छ । प्रतियोगितामा सहभागी हुनका लागी जनवरी ३१ सम्म टिम दर्ता गर्न सकिने आयोजकले जनाएको छ ।

आयोजक हाईजीमा युथ क्लवका अनुसार प्रतियोगितामा सहभागी हुन ३९ टिमले दर्ताका लागी उपस्थित भईसकेको भए पनि ३२ टिमलाई मात्रै सहभागी गराईनेछ । गतसाल २० टिम सहभागी भएका थिए ।

फुटबल प्रतियोगितामा फुकुओका र नागोयाको टिम पनि सहभागी हुने आयोजक हाईजीमा युथ क्लवले जनाएको छ । प्रतियोगिता टोक्योको हाचीओजीस्थित फुजीमोरी पार्कमा हुँदैछ । दोस्रो हिमालयन गोल्ड कपलाई तामाङ युथ सोसाईटी जापान र काभ्रेली समाज जापानले सहयोग गरेका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्