सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

छाति र तिघ्रा देखाएर युवा भड्काउनेकै बजारमा चर्चा

पछिल्लो समय ‘उडि जाने हावाले’ गित गाएर गायिका बनेकी सोलुखुम्बुकी सरस्वती लामा हट कलाकार बनेकी छन् । त्यसो त उनी गीत लेख्ने देखि संगीत भर्ने र भिडियोमा निर्देशन समेत गर्छिन ।

गीत गाउने मात्र होइन मोडलिङ पनि गर्छिन तर उनीसंग भएको कलाकारिताले भन्दा उनको नग्न अनि भल्गर प्रदर्शनले सांगीतिक क्षेत्रमा उनलाई चिनाएको छ । कला र क्षमताले कलाकार बनेका नेपाली कलाकारहरु सिमित छन् । असभ्यता प्रदर्शन गरेर कलाकारितामा चर्चा कमाएका थुप्रै कलाकारहरु भेटिन थालेका छन् ।

दाङको बाह्रकुनेमा भएको माघे सक्रान्ति मेलामा भड्किलो हाउभाउ र पहिरनमा गित गाउँदै गायिका तथा मोडल सरस्वती लामा ।

यस्तै चर्चा कमाउने मध्येकी कलाकार हुन् सरस्वती लामा । सभ्यता र संस्कारको कसिले अल्झिएको भनिएको हाम्रो समाज भित्र यिनै अनुहारहरुको उछृङ्खल प्रस्तुतीले हरेकका चेतहरु भंग गर्दै जबर्जस्ती आकर्षणको फराकिलो बजार निर्माण भैरहेको छ ।

त्यसैले त यस्तै भल्गर प्रस्तुतिमा रमाउँछन दर्शकहरु पनि, सायद यो युगको माग हो । क्षेत्र र समुदाय बिशेषमा धुमधामका साथ मनाइने माघे सक्रान्तिमा यसपाली यिनै अर्धनग्न कलाकारहरुको उपद्रो देख्न पाइएको छ ।

दाङको बाह्रकुनेमा भएको माघे सक्रान्ति मेलामा भड्किलो नृत्य प्रस्तुत गर्दै मोडल तथा डान्सर चन्दा दाहाल ।

दाङको बाह्रकुनेमा मनाइएको माघेसक्रान्ती मेला आज देश बिदेशमा चर्चाको बिषय बनेको छ । बाह्रकुने दहको मेलामा चन्दा दाहाल र सरस्वती लामाको भल्गर प्रस्तुतिले हरेक नेपालीहरुको ध्यान खिचेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्