रञ्जु मृत्युकाण्ड, पुर्व जर्नेल फुदुङमाथी कुटपिट
आफ्नै घरमा मृत भेटिएको महिलाबारे गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको भन्दै पूर्व जर्नेल एवं माओवादीका पूर्वसांसद कुमार फुदुङमाथि कुटपिट भएको छ ।
कुटपिटबाट उनको टाउकोमा चोट लागेको छ । फुदुङलाई प्रहरीले उद्दार गरी उपचारका लागि लगेको छ । प्रहरीले फुदुङलाई पक्राउ नगरेको भन्दै स्थानीय बासी उनको घर घेराउ गर्न गएका थिए ।
सोही क्रममा केही मानिस घरभित्र पसेर उनलाई कुटपिट गरेका हुन् । उनलाई लछारपछार गर्दै घरबाट बाहिर निकालेको अवस्थामा प्रहरीले उद्दार गरेको हो ।
फुदुङको घर परिसर निकै ठूलो छ र बगैचा पनि छ । त्यहाँ केही समय अघि रिपोर्ट समेत सञ्चालनमा थियो । त्यसबेला रिसोर्टमा काम गर्ने रञ्जु आइतबार मृत भेटिएकी थिइन् ।
उनको माछा पोखरीमा डुबेर मृत्यु भएको भनिएको छ । तर, कपडा समेत नभिजेको र शरीरमा निलडाम भएको भन्दै स्थानीयले मृत्यु शंकास्पद भएको बताएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्