नेपालमा ४० हजार विदेशी कामदार अवैधानिक
नेपालमा ४० हजार विदेशी कामदारले अवैधानिक रुपमा काम गरीरहेको सरकारी तथ्यांकमा उल्लेख छ । यो तथ्यांक वि.स. २०७० सालको हो । नयाँ तथ्यांक स्वभाविक रुपमा यो भन्दा बढि नै छ । यति ठुलो संख्यामा विदेशी कामदार भएपनि श्रम विभाग र अध्यागमन विभागको समन्वय नहुँदा कारबाही हुन सकेको छैन ।
अवैधानिक रुपमा काम गरिरहेका विदेशी कामदारलाई नेपाल सरकारले २०७० माघमा २ महिनाभित्र वैधता प्राप्त गर्न समय दिएको थियो । त्यसवेला सरकारले विदेशमा हुने अवैधानिक आप्रवासी कामदारलाई दिने आममाफी जस्तै पहिलोपल्ट नेपालमा रहेका अवैध कामदारलाई विशेष अवसर प्रदान गरेको थियो ।
त्यसको तीन वर्ष पुग्दा पनि श्रम विभाग र अध्यागमन विभागले अनुगमन नगर्दा ४० हजार विदेशी कामदारले नेपालमा श्रम स्वीकृति बिना काम गरिरहेका छन् । नेपाली नागरिकहरु विदेशमा अवैधानिक बस्दा सम्बन्धित देशको नियमअनुसार कारबाही भोग्ने गरेका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्