सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

अभिनयको कुलतमा फसेकी लक्ष्मी दिदी

काठमाडौं । बिसं २०२८ सालमा राष्ट्रबैंकको जागिर सुरु गर्दा चरित्र अभिनेत्री लक्ष्मी गिरीले सोचेकी थिइनन्, बन धान्ने एउटा गतिलो मेलो भेटियो । उतिबेलै पनि बैंकको जागिर राम्रो हुन्छ भन्ने थियो । उनले पनि त्यहि सोचेर जागिर सुरु गरेकी थिइन् । ‘बैकको जागिर खाएपछि बाँच्न सहज हुन्छ भन्ने लागेको थियो,’ उनले भनिन् ।

नोट विभाग अन्तरगत कहिले बसन्तपुर कहिले थापाथलीमा काम गर्दै थिइन् । वाषिर्क उत्सवको अवसरमा रहेक वर्ष भब्य सांस्कृतिक कार्यक्रम गर्थ्यो राष्ट्रबैंकले । गीत, नृत्य र नाटक विषेश हुन्थ्यो ।

कतिपय चलेका साहित्यकार राष्ट्र बैककै जागिरे हुन्थे । त्यसकारण पनि राष्ट्र बैकले गर्ने कार्यक्रम अरुभन्दा सभ्य र भब्य हुन्थ्यो । गिरी सम्झिन्छिन् ‘स्टेजमा प्रस्तुतिपछि ताली बजेको सुन्दा दर्शकले निकै सम्मान गरेजस्तो लाग्थ्यो ।’

Laxmi giri

राष्ट्रबैंकमा जागिर खाए वापत नियमित पैसा आउँथ्यो । कमाइको आफैंमा एउटा गतिलो स्थायी स्रोत थियो । त्यसको तुलनामा अभिनय सुख्खा खेती जस्तो । उस्तै परे साथीभाइले खाजा खाएको पैसा पनि आफैं तिर्नुपर्थ्यो । गिरी सम्झिए न्छन् ‘मैले खर्च र आम्दानीभन्दा पनि दर्शकलाई सम्झिएँ ।’

प्रारम्भमा नाटकमै देखिएकी गिरी नेपाल टेलिभिजन स्थापना भएपछि विभिन्न टेलिभिजन कार्यक्रम र सिरियलमा सक्रिय हुन थालिन् चलचित्रमा त उनको उपस्थिति सुरु भैसकेको थियो । फिचर फिल्म, टेलिचलचित्र, विज्ञापन र स्टेज कार्यक्रममा लगातार अभिनय । उनले सोचिन् अब म अभिनयमै सक्रिय हुनुपर्छ जागिर सागिर खाएर काम छैन ।’

अभिनयमा सक्रिय हुनका लागि जागिर नछोडि उपाय थिएन । घरमा कुरा चुहाएकी मात्रै के थिइन् । मान्यजनहरुले ठूलै स्वरमा भने, ‘त्यति राम्रो जागिर छाडेर यस्तो जाबो पेशामा कोही लाग्छन् ।’

जागिर खोज्ने विषयमा घरका मान्छेसँग थप सुझाब माग्नु जरुरी ठानिनन् । सुझाव जसले जेसुकै दिउन् । अन्तिम निर्णय गर्ने अधिकार उनमै निहित थियो । घरमै कसैलाई जानकारी नै नदिई राजीनामा बुझाइन् ।

राजीनामा स्वीकृत भएपछि त कसैले गुनासो गर्नुको पनि अर्थ थिएन । ०२८ सालमा जागिर सुरु गरेकी गिरीले ०५० सालमा राजीनामा दिइन् ।

उनको जागिर छाडेको विषयमा घर परिवारमा मात्रै हैन साथी सर्कलमा पनि राम्रै बहस भएको थियो । मह जोडीद्वारा निर्देशित नाटक ‘विज्ञापन’मा मुख्य भुमिका गरेकी छिन् गिरीले ।

सुटिङकै क्रममा हरिबंश आचार्यले भने, ‘जागिर चाँहि नछोडेको भए हुन्थ्यो ।’ खरो स्वभावकी गीरिले ‘तत्काल जवाफ दिइन् । तपाईं मेरो बारेमा चिन्ता नगर्नुस् । जे गरें राम्रै गरें ।

Laxmee-giri-1

सबैकी दिदी

कलाकारितामा मात्रै होइन सामाजिक काममा उनको सक्रियता लोभलाग्दो छ । उनीसंग समुहमा बसेर काम गर्नेहरु उनको साथ छोड्नै चाहँदैनन् । नपाल चलचित्र कलाकार संघमा मात्रै उनले चारजना अध्यक्षसंग काम गरिसकिन् ।

‘हरेक नयाँ अध्यक्ष आएपछि सबैभन्दा पहिला लक्ष्मी दिदीकै खोजी हुन्छ,’ उनकै समुहमा काम गर्ने एक कलाकार भन्छन् । खरो स्वभावकी गिरी कलाकारका हकहितसंग सम्बन्धित कुराकानी गर्न पर्‍यो भने अग्रपंक्तिमा उँभिन चाहन्छिन् ।

उनको अर्को पनि विषेशता छ । जायज कुरा जोसुकैसंग पनि निर्धक्क राख्छिन् । ‘हामीले जायज कुरा गर्न कहिल्यै डराउनुहुन्न । उस्तै परे बाझ्नु पनि पर्छ,’ उनले भनिन् ।

त्यसकारण पनि उनी सबै कलाकारको लक्ष्मी दिदी भएकी छिन् । सामाजिक काममा मात्रै होइन उनी अनुबन्ध भएको फिल्मको सुटिङस्पटमै विशेष रौनक छाउने गिरीसँग काम गरेका कलाकार एवं प्राविधिक बताउँछन् ।

आजसम्म काम माग्न परेको छैन

चित्त नबुझेको कुरामा तत्कालै असन्तुष्टि जनाउँछिन् उनी । डेढसय बढी चललचित्रमा नायक नायिकाको आमाको चरित्र निर्वाह गरेकी गिरी निर्माता/निर्देशकले पनि आमाकै सम्मान दिएकोमा गर्व गर्छिन् । ‘एकाधलाई छाड्ने हो भने चित्त दुखाउने ठाउँ छैन, सबैले सम्मान गर्छन्,’ उनले भनिन् ।

आजसम्म उनी जति पनि फिल्ममा देखिइन् । कसैसंग पनि उनले मलाई काम दिनुस् है भनेर आग्रह गरेकी छैनन् ।

अनलाईनखबरबाट जस्ताको तस्तै ;

फेसबुकबाट कमेन्ट गर्नुहोस्