सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नेकपा अध्यक्ष प्रचण्ड र जनार्दन शर्मा अस्वस्थ

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भएका छन् । मौसमी रुघाखोकी लागेपछि उनी खुमलटारस्थित निवासमै आरामरत रहेको प्रचण्ड निकट स्रोतले जनाएको छ ।

स्रोतका अनुसार प्रचण्डले केही दिन भेटघाट र सार्वजनिक कार्यक्रममा सहभागीता नजनाउने भएका छन् । प्रचण्डको सचिवालय स्रोतले भनेको छ–‘उहाँलाई सामान्य रुघाखोकी लागेको हो । तर पनि केही दिन भेटघाट र सार्वजनिक कार्यक्रममा सहभागी नहुने हुनुभएको छ ।’

Prachanda

आजै प्रचण्डले त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपणको तयारीमा रहेका केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका थिए । नेकपाका दुई अध्यक्षमध्ये एक अध्यक्ष अस्पतालमा र अर्का अध्यक्ष प्रचण्ड पनि अस्वस्थ भएपछि केही दिन खुमलटारमै रहने भएका हुन् ।

Janardan Sharma

त्यस्तै नेकपाका प्रभावशाली नेता जनादर्शन शर्मा पनि अस्वस्थ भएका छन् । रुघाखाकीले सताएपछि उनी घरमै आरामरत रहेको उनको सचिवालयले जनाएको छ । उनको सचिवालयका अनुसार केहीदिन शर्माले भेटवार्ता र सार्वजनिक कार्यक्रममा सहभागिता जनाउने छैनन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्